जङ्गली च्याउ खाँदा एकको मृत्यु, एक बिरामी
जङ्गली च्याउ खाँदा एकजनाको मृत्यु भएको छ भने एकजना बिरामी परेका छन् ।
जङ्गली च्याउ खाँदा फाल्गुनन्द गाउँपालिका–५ कि सुनिता चेम्जोङको मृत्यु भएको वडाध्यक्ष अबिन्द्र चेम्जोङले जानकारी दिए।
सुनिताकी सासू सन्तमाया चेम्जोङ बिरामी परेकी छन् । दुवैजनाले साउन ७ गते जङ्गलबाट ल्याएको च्याउ खाएका थिए । च्याउ खाएपछि बिरामी परेका थिए ।
सुनिताको विराटनगर नर्सिङहोममा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो । सन्तमायाको झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष चेम्जोङले बताए।