कोशी र बागमती प्रदेशमा चट्याङ सहित भारी वर्षा हुन सक्ने
आज राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले आज कोशी र बागमती प्रदेशमा चट्याङ सहित भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
यति वेला मधेश प्रदेश बाहेकका अन्य सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको हुने सम्भावना छ। यस्तै, मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरी चल्ने सम्भावना छ।
आज राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षा समेत हुन सक्नेछ।