फेरि सर्यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ।
कांंग्रेस सभापति शेरबहादुर देउवाले करीब एक वर्षपछि केन्द्रीय कार्यसमिति बैठक बोलाएका थिए। असार २७ गते दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक एक साता पछि सरेको हो।
साउन २ गते दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक सरेको कांग्रेसका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले बताए।
डा. पराजुलीले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८० असार २७ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०८० साउन २ गते दिउँसो १ बजे बस्ने भएको छ।’