प्रधानमन्त्रीपत्नीको दाहसंस्कार आजै गरिने
दाहसंस्कारअघि सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ।
प्रधानमन्त्री पुष्पकमल दाहालकी श्रीमती सीता दाहालको दाहसंस्कार आजै गरिने भएको छ। आज दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
त्यसअघि श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर बिहान ११ बजेदेखि १ बजेसम्म नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ।
६९ वर्षीया सीता दाहालको उपचारको क्रममा नर्भिक अस्पतालमा आज बिहान ८:३३ मा निधन भएको थियो। उनी ‘प्रोग्रेसिभ सुप्रान्युक्लियर पल्सी, पार्किन्सोनिस्म’ जस्ता रोगबाट पीडित थिइन्।