प्रधानमन्त्रीपत्नी सीता दाहालको निधन
प्रधानमन्त्री पुष्पकमल दाहालकी श्रीमती सीता दाहालको ६९ वर्षको उमेरमा निधन भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालकी श्रीमती सीता दाहालको निधन भएको छ। ६९ वर्षीया सीता दाहालको आज बिहान ८:३३ मा निधन भएको नर्भिक अस्पतालले जनाएको छ।
उनलाई आज बिहान ८ बजे हृदयाघात भएको थियो। सीता दाहाल ‘प्रोग्रेसिभ सुप्रान्युक्लियर पल्सी, पार्किन्सोनिस्म’ जस्ता रोगबाट पीडित थिइन्।