मधेश प्रदेशका अर्थमन्त्रीले ७० करोड रकमान्तर गरेको भन्दै विशेष छानबिन समिति गठन
समितिले सभामुखको रोहबरमा आफ्नो कार्यविधि निर्माण गर्नेछ।
मधेश प्रदेश सरकारका अर्थमन्त्री सञ्जयकुमार यादवले करीब ७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै प्रदेश सभाबाट विशेष छानबिन समिति गठन गरिएको छ। समितिलाई छानबिनका लागि दुई महीनाको समय दिइएको छ।
समितिले प्रदेश सरकारले सञ्चालन गरेको विभिन्न योजनाको अनुगमन गरी रकमान्तरको विषयमा छानबिन गर्नेछ। छानबिनपश्चात् तयार पारिएको प्रतिवेदन प्रदेश सभालाई बुझाइनेछ।
समितिले सभामुखको रोहबरमा आफ्नो कार्यविधि निर्माण गर्नेछ। प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले सबै दलको प्रनितिधित्व हुने गरी समिति गठन गरिएको जानकारी दिए।
समितिको सदस्यमा दीपेन्द्रकुमार ठाकुर, नागेन्द्रप्रसाद साह, राजकुमार गुप्ता, शम्भुप्रसाद साह, उपेन्द्र महतो, जवाहरप्रसाद कुसवाहा, कञ्चन बिच्छा, विमला अन्सारी र उर्मिलादेवी सिंह छन्।