मिटरब्याज पीडितको काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)
मिटरब्याज नियन्त्रणका लागि सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएपछि पीडितहरू आन्दोलनमा उत्रिएका छन्।
देशका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन्। उनीहरू माइतीघर मण्डलबाट नयाँ बानेश्वर पुगेका छन्।
मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारले वैशाख २० गते मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएको थियो। समयमै संसद्मा पेश नहुँदा निष्क्रिय भएको छ।
यसलाई पारित गर्न र मिटरब्याजीलाई कारबाही गर्न माग गर्दै पीडितले प्रदर्शन गरेका हुन्।