टाटा टियागोका पाँच लाख गाडी बिक्री
भारतीय कम्पनी टाटा मोटर्सको उत्पादन टाटा टियागो (ह्याच ब्याक) मोडलका पाँच लाख गाडी बिक्री भएका छन्।
सात वर्षको अवधिमै पाँच लाख गाडी बिक्री भएको टाटा मोटर्सले जनाएको छ। यो गाडीको बिक्री सन् २०१६ देखि शुरू भएको थियो।
नेपाली बजारमा पनि टाटा टियागोको माग बढिरहेको छ। पछिल्लो समय टाटा टियागोको माग बढिरहेको टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ।
विशेष गरेर युवाको रोजाइमा यो गाडी परेको छ। त्यसमा पनि महिला ग्राहकको संख्या धेरै रहेको सिप्रदीले जनाएको छ।