मृत फेला परे अभिनेता सारुक ताम्राकार
अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन्। उनी बिहीबार राति काठमाडौं रातोपुलस्थित आफ्नै निवासमा भर्याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बताए।
हाल उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।
३१ वर्षीय ताम्राकारले रानी, मेरी मामु, इन्टु मिन्टु लन्डनमा लगायत चलचित्रमा अभिनय गरेका थिए। रानी उनको डेब्यू चलचित्र पनि हो।
पछिल्लो समय उनी ह्यासट्याग माया चलचित्रको छायाङ्कनमा व्यस्त थिए। उनी कलाकार सानु ताम्राकारका छोरा हुन्।