मौसम: कोशी, बागमती र गण्डकीमा भीषण वर्षाको सम्भावना
तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव छ। यति वेला देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
साथै, कोशी प्रदेशका केही स्थान र कर्णाली, गण्डकी तथा बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित भीषण वर्षाको सम्भावना छ।
तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।
आज राति देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित भीषण वर्षाको सम्भावना छ।
राति पनि तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ।