कारागारमै कैदीले गरे आत्महत्या
बाँकेको नेपालगन्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन्।
बाँकेको जानकी गाउँपालिका-६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान कारागारको शौचालयमा झुन्डिएर आत्महत्या गरेका हुन्।
घटनाबारे मृतकको परिवार र आफन्तलाई खबर गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए। उनका अनुसार आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान शुरू गरिसकेको छ।
मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए।