‘फिल्म साउथएशिया’ को घुम्ने संस्करण दिल्लीमा शुरू
फिल्म साउथएशियाको घुम्ने संस्करण बुधबार भारतको राजधानी दिल्लीमा शुरू भएको छ।
दिल्लीस्थित इन्डियन इन्टरन्याशनल सेन्टर (आईआईसी) मा बुधबार एक कार्यक्रमबीच फिल्म साउथएशिया २०२३ को घुम्ने संस्करण शुरूआत गरिएको हो। आजदेखि शुरू भएको महोत्सव शनिबारसम्म चल्नेछ।
यो वृत्तचित्र महोत्सवमा दक्षिणएशियाका विभिन्न देशका फिल्म प्रदर्शन गरिनेछन्। उद्घाटन समारोहमा ऋद्धिमा शर्माले निर्देशन गरेको द हार्टब्रोकन लभर प्रदर्शन गरिएको छ।
समारोहमा फिल्म साउथएशिया ट्रस्टका संस्थापक कनकमणि दीक्षितले महोत्सवबारे जानकारी दिएका थिए। समारोहमा बोल्दै दीक्षितले फिल्म साउथएशियाको घुम्ने संस्करण दिल्लीमा शुरूआत गर्न पाउँदा खुशी लागेको बताए।
यस संस्करणमा १५ वटा फिल्म प्रदर्शन गरिनेछन्। शुरूआतका तीन दिन हरेक दिन तीन वटा फिल्म प्रदर्शन हुनेछन् भने अन्तिम दिन ६ वटा फिल्म प्रदर्शन गरिने भएको छ।
महोत्सवमा प्रदर्शन गरिने फिल्म: