गायक रोविन तामाङको निधन
पछिल्लो समय अभिनयमा समेत सक्रिय तामाङ हिजो आफ्नै निवासमा मृतावस्थामा फेला परेका थिए।
‘रोविन एन्ड द न्यू रिभोल्युशन’ ब्यान्डका भोकलिस्ट रोविन तामाङको निधन भएको छ। उनी मंगलबार बूढानीलकण्ठस्थित आफ्नै घरमा मृतावस्थामा फेला परेका थिए।
तामाङको मृत्युबारे उनैको फेसबूक मार्फत सूचना दिइएको थियो। हाल उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ।

पछिल्लो समय उनी गायनभन्दा अभिनयमा बढी सक्रिय देखिन्थे। उनले छड्के, मुखौटा, नाका, चिसो एस्ट्रे लगायत चलचित्रमा अभिनय गरेका थिए।
सन् १९६३ मा सिंगापुरमा जन्मिएका उनले नेपाल फर्किएर शुरूमा ‘रविन एन्ड लूजः’ ब्यान्ड स्थापना गरेका थिए। पछि उक्त ब्यान्ड छुट्टिएपछि उनले ‘रविन एन्ड द न्यू रिभोल्युशन’ स्थापना गरे। यही ब्यान्डले उनलाई संगीतमा परिचय दिलायो।
‘भूलमा भुल्यो’, ‘केटाकेटी’, ‘दम मारो दम’, ‘माइला भाइ’ लगायत रविनका चर्चित गीत हुन्।