नेपाल कमजोर स्थितिमा
हालसम्मको प्रदर्शनको आधारमा नेपालको जित्ने सम्भावना १८.३ प्रतिशत मात्र छ।
आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानका लागि नेपाल र स्कटल्यान्डबीचको खेल जारी छ। जिम्बावेको टाकासिंघा स्पोर्टस् क्लबमा भइरहेको खेलमा नेपाल टस हारेर ब्याटिङ गरिरहेको छ।
तर, नेपालको ब्याटिङ आइरल्यान्डको बलिङसामु धरमराएको छ। हाल ४० ओभरको खेल सकिंदा नेपालको स्कोर १८३ मात्र छ। नेपालले सात विकेट गुमाइसकेको छ।
नेपालको रन रेट पनि ४.५७ मात्र छ भने हालसम्मको प्रदर्शनका आधारमा जित्ने सम्भावना १८.३ प्रतिशत मात्र छ।
नेपालका लागि अर्जुन साउदले ८४ बलमा ४८ रनको पारी खेले। यस्तै, कुशल मल्लले ३८ बलमा ४४ रन बनाए। रोहित पौडेलले २९ रन र भीम सार्कीले २० रन बनाउनु बाहेक अरू ब्याट्सम्यान खासै चलेका छैनन्।