निर्वाचन विधेयकमा के छ?
निर्वाचन आयोगले संसदीय र स्थानीय तह निर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन गर्ने प्रस्ताव गरेको छ।
मतदातालाई मतदान केन्द्रसम्म पुग्न सहज हुने गरी आयोगले यातायातको व्यवस्था गर्न लागेको हो। निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मार्फत आयोगले यस्तो प्रावधान राख्नुपर्ने निर्णय गरेको हो।
आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ र वडाध्यक्षमा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार उठाउनुपर्ने निर्णय गरेको छ। पालिका प्रमुख अध्यक्ष र उपप्रमुख उपाध्यक्ष मध्ये एक जना मात्रै उम्मेदवार उठाउने पार्टीले अनिवार्य महिला उम्मेदवार बनाउनुपर्ने आयोगको निर्णय छ।
त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फबाट दुई पटक सांसद बनिसकेको व्यक्ति पुनः समानुपातिकमै उठ्न नपाइने आयोगको निर्णय छ।
विदेशमा रहेका नेपाली नागरिकलाई सम्बन्धित देशबाटै समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था मिलाउनुपर्ने भनी आयोगले निर्णय गरेको छ।
यस्तो छ विधेयकको मस्यौदा