घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर पाँच-पाँच रुपैयाँ घटाएको छ।
निगमले असार १८ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७० तथा डिजेल र मट्टीतेल प्रतिलिटर १५०-१५० रुपैयाँ पर्ने भएको छ। यो दर काठमाडौं‚ पोखरा र दीपायलमा लागू हुने निगमले जनाएको छ।
तराईका जिल्लाका हकमा भने प्रतिलिटर सात रुपैयाँ ५० पैसा घटेको छ। त्यस्तै, सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ।