नेप्सेमा दोहोरो अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २१.३२ अङ्कले ओरालो लागेर २०७५.९७ मा सीमित भएको छ। आइतबार पनि दोहोरो अङ्कले घटेको थियो।
त्यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१७ अङ्कले ओरालो लागेर ३८६.३५ मा सीमित भएको छ। अघिल्लो दिन पनि सेन्सेटिभ परिसूचक घटेको थियो।
कारोबार भएका कुल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ। कुल ९४ लाख १८ हजार ९५२ कित्ता शेयर चार अर्ब पाँच करोड १० लाख ७८ हजार ३७५ रुपैयाँमा खरीद-बिक्री भएका छन्।
कारोबारका आधारमा हिमालयन लाइफ इन्सुरेन्स शीर्ष स्थानमा छ। कम्पनीको रु.२३ करोड ९४ लाख ४५ हजार ७८५ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सीवाईसीएल नेपाल लघुवित्त र बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।