नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५३.७० अङ्कले ओरालो लागेर २०९७.२९ मा सीमित भएको छ। ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२.२३ अङ्कले ओरालो लागेर ३९०.५२ मा सीमित भएको छ।
कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ। कुल एक करोड १३ लाख २३ हजार १८३ कित्ता शेयरको पाँच अर्ब आठ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँ बराबर कारोबार भएको छ।
कारोबारका आधारमा हिमालयन लाइफ इन्सुरेन्स शीर्ष स्थानमा छ। हिमालयनको रु.४२ करोड ५६ लाख ५४ हजार ७०७ बराबरको कारोबार भएको छ।
शिवम् सिमेन्टको रु.२७ करोड ५५ लाख ९६ हजार ४२७, सोल्टी होटलको रु.२० करोड ८६ लाख ५० हजार ३१६, सूर्यज्योति लाइफ इन्स्योरेन्सको रु.१६ करोड ६७ लाख ५७ हजार २९२ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको रु.१४ करोड ६८ लाख ८१ हजार ८६७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन्।
बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।