विश्वकप छनोट प्लेअफ: यूएई विरुद्ध भिड्दै नेपाल
यूएईको तुलनामा नेपाल बलियो देखिएको छ। नेपाल एकदिवसीय वरीयतामा १४औं स्थानमा छ भने यूएई १९औं स्थानमा छ।
जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको प्लेअफ खेलमा आज नेपालले यूएईको सामना गर्दै छ। खेल नेपाली समय अनुसार १२:४५ बाट शुरू हुनेछ।
नेपाल र यूएई दुवै यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट हुन सकेनन्। ‘सुपर सिक्स’ मा समेत नपुगी दुवै टोली बाहिरिएका थिए।
अब नेपाल र यूएईबीचको विजेताले सातौं स्थानका लागि आयरल्यान्ड विरुद्ध भिड्न पाउनेछ। पहिलो प्लेअफमा आयरल्यान्डले अमेरिकालाई पराजित गरेपछि सातौं स्थानको लागि भिड्ने मौका पाएको थियो।
यस्तै, नेपाल र यूएईबीच पराजित टोलीले भने नवौं स्थानका लागि अमेरिकाको सामना गर्नेछ।
यूएईको तुलनामा नेपाल बलियो देखिएको छ। नेपाल एकदिवसीय वरीयतामा १४औं स्थानमा छ भने यूएई १९औं स्थानमा छ। पछिल्लो पाँच एकदिवसीय खेलमा पनि नेपालले दुई जित र तीन हार बेहोर्दा यूएईले पाँचै खेल हारेको छ।