भानुले ल्याए ‘गोधूलि गीत’
लेखक भानु बोखिमको उपन्यास गोधूलि गीत शनिबार सार्वजनिक भएको छ।
काठमाडौंको मण्डला थिएटरमा आयोजित एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरिएको छ। यो उपन्यास माओवादी सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा लेखिएको छ। यसमा सशस्त्र द्वन्द्वमा सहभागीले देखेको सपना र त्यसपछिको समयलाई एक किशोरीको आँखाबाट प्रस्तुत गरिएको छ।
कार्यक्रममा साहित्यकार श्यामल र नवीन विभासले पुस्तकमाथि टिप्पणी गरेका थिए। त्यस्तै, कार्यक्रममा पुस्तकबारे लेखक बोखिमसँग पत्रकार दीपक सापकोटाले संवाद गरेका थिए।
बोखिमको यो दोस्रो कृति हो। यसअघि २०७४ सालमा रूमानी साँझ कथाकृति प्रकाशित भएको थियो।
यो पुस्तकलाई कलम प्रकाशनले बजारमा ल्याएको हो। पुस्तकको मूल्य ६९५ रुपैयाँ रहेको छ।