सर्वोच्चकाे आदेश– भाटभटेनीका सञ्चालकलाई थुनामुक्त किन नगर्ने?
ललिता निवास जग्गा हिनामिना प्रकरणमा सरकारी कागजात कीर्ते गरेको आरोपमा पक्राउ परेका चार जनाको रिटमा सर्वोच्च अदालतले गृह मन्त्रालयसँग २४ घण्टाभित्र जवाफ पेश गर्न आदेश दिएको छ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई असार १२ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कीर्ते कसूरमा पक्राउ गरेको थियो।
मुद्दाको हदम्याद सकिएको, यही प्रकरणमा जोडिएका १७ जना विरुद्ध सर्वोच्चले एक वर्ष अगाडि नै पक्राउ नगर्नू भन्ने आदेश दिएकाले आफूलाई थुनामुक्त गर्नुपर्ने माग रिटमा गरिएको थियो। कुमार चुडालको इजलासले रिट दायरकर्ताले मागेको आदेश नदिनुपर्ने आधार र प्रमाण सहित जवाफ पेश गर्न भनेको हो।
गुरुङ र उनको परिवारको नाममा ललिता निवासको करीब ३० रोपनी सरकारी जमीन कीर्ते गरेर लिएको आरोप छ।