कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा धेरै भीषण वर्षा हुन सक्ने
धेरै भीषण वर्षा भनेको २४ घण्टाभित्र १०० एमएमभन्दा बढी र २०० एमएमभन्दा कम वर्षा हुनु हो।
मनसुनी वायुको प्रभावका कारण आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यति वेला गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित भीषणदेखि धेरै भीषण वर्षाको समेत सम्भावना छ। धेरै भीषण वर्षा भनेको २४ घण्टाभित्र १०० एमएमभन्दा बढी र २०० एमएमभन्दा कम वर्षा हुनु हो।
यस्तै, आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित भीषणदेखि धेरै भीषण वर्षाको सम्भावना छ।
गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।