एकीकृत समाजवादीका नेता भन्छन्- सपनामा पनि एमालेकै झन्डा बोकेको देख्छु
नेकपा (एकीकृत समाजवादी)का नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले आफूहरू नेकपा (एमाले)सँग पार्टी एकीकरणको पक्षमा रहेको बताएका छन्।
कोशी प्रदेश सभा बैठकमा बोल्दै पूर्व मुख्यमन्त्री राईले सपनामा पनि एमालेकै कार्यक्रममा भाषण गरेको देख्ने गरेको बताएका हुन्।
“समर्थन मात्रै होइन, एमालेसँग पार्टी मिलाउनै मन लागेको छ। त्यो पार्टी छोड्न मन लागेकै थिएन,” एकीकृत समाजवादीका नेता राईले भने, “सपना पनि त्यही पार्टीको नाममा भाषण गरेको देखिन्छ। एमालेको झन्डा उठाएर आन्दोलन गरेको सपना देखिन्छ।”
एमालेका नेताहरूले पिना जसरी पेलेकाले मात्रै पार्टी छोड्नुपरेको उनको भनाइ थियो।