तराईमा हावाहुरीको सम्भावना
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले आज तराईका विभिन्न स्थानमा हावाहुरीको सम्भावना रहेको जनाएको छ। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।
यति वेला देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानमा तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा हावाहुरी चल्ने सम्भावना छ।
आज राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरी चल्ने सम्भावना छ।