रास्वपाको विरोधपछि प्रतिनिधि सभा बैठक स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगन भएको छ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राखेको भन्दै रास्वपाले सदन अवरुद्ध गरेको थियो। बजेटमा भएको यो प्रावधान अर्थमन्त्रीले नसच्याएसम्म बैठक चल्न नदिने रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले बताए।
रास्वपाको अवरोध जारी रहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगन गरेका हुन्। अर्थमन्त्री प्रकाशशरण महतले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ।