राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा संसद् अवरोध
जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्न लागेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ।
मंगलबार प्रतिनिधि सभा बैठक शुरू हुनासाथ रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्न खोजेको भन्दै संसद् चल्न नसक्ने बताएका थिए।