टनेलमा तरकारी (तस्वीरहरू)
मकवानपुरको थाहा नगरपालिकास्थित चित्लाङ बिसङ्खेल गाउँ टनेल तरकारी खेतीबाट परिचित हुँदै गएको छ।
तरकारीका लागि पकेट क्षेत्र रहेको बिसङ्खेलमा वर्षैभरि मौसमी तरकारी उत्पादन हुने गरेको छ। टनेल तरकारी खेतीले गर्दा वर्षैभरि तरकारी उत्पादन हुने गरेको नगरपालिकाका सूचना शाखा प्रमुख सुरजकुमार भुजेलले बताए।
यो गाउँबाट काठमाडौं-हेटौंडा लगायत शहरमा तरकारी निर्यात हुने गरेको छ। मुख्य आम्दानीको स्रोत नै तरकारी रहेको भुजेल बताउँछन्। अहिले टनेलमा फर्सी, गोलभेंडा, काँक्रो, मुला, भेडे खुर्सानी लगायत तरकारी लगाइएका छन्।