कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भीषण वर्षा हुन सक्ने
आज दिउँसो मधेश प्रदेशका धेरै भूभागहरू र तराईका अरू केही स्थानमा हावाहुरी चल्ने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न प्रदेशका विभिन्न स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा मनसुनी वायुको प्रभाव छ भने यति वेला देशभर आंशिकदेखि सामान्य बदली छ।
यस्तै, अहिले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना छ।
मधेश प्रदेशका धेरै भूभाग र तराईका अरू केही स्थानमा हावाहुरी चल्ने सम्भावना छ।
आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको पनि सम्भावना छ।
कोशी प्रदेश र मधेश प्रदेशका धेरै भूभाग र बाँकी तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।