चट्याङ लागेर छोरा र छोरीको मृत्यु, आमा घाइते
बाग्लुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।
ढोरपाटन नगरपालिका–५, पाखापानीकी यमकुमारी विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनका ६ वर्षीय छोरा दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो।
चट्याङ लागेर यमकुमारी घाइते भएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। चट्याङले घर नजिकै बाँधेको एक भैंसी समेत मरेको केसीले बताए।
घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको छ।