चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु
दाङको दंगीशरणमा शनिबार साँझ चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।
चट्याङ लागेर दंगीशरण गाउँपालिका ३ चखौराका ३७ वर्षीय रामनारायण चौधरी र दंगीशरण ६ बागरका ३२ वर्षीय समीर केसीको मृत्यु भएको दाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजनकुमार गौतमले बताए।
डीएसपी गौतमका अनुसार शनिबार बेलुकी साढे ६ बजे परेको चट्याङ लागेर दुवै जना घाइते भएका थिए। उनीहरुलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। दुवै जनाको उपचारका क्रममा मृत्यु भएको उनले बताए।
समीर घाँस काट्न गएको वेला र रामनारायण बारीमा तरकारी टिप्न गएको वेला चट्याङ लागेर घाइते भएका थिए। दुवैको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका राखिएको छ।