नेदरल्यान्ड्स विरुद्ध ब्याटिङ गर्दै नेपाल
आईसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा नेपालले पहिले ब्याटिङ गर्न लागेको छ।
जिम्बावेको हरारे रङ्गशालामा नेदरल्यान्ड्सले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको हो। दुवै टोलीले पुरानै टोली उतारेका छन्। नेपाली टोलीमा कुनै खेलाडी फेरबदल नभएको कप्तान रोहित पौडेलले बताए।
वेस्ट इन्डिज विरुद्धको खेलमा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलसन झा, करण केशी, सन्दीप लामिछाने र ललित राजवंशीले खेलेका थिए। घाइते भएका कारण सोमपाल कामीले खेल्न सकेका थिएन। आज पनि सोमपाल नखेल्ने भएका छन्।
विश्वकप छनोट प्रतियोगिताका चार खेलमध्ये नेपालले एक खेल जितेको छ भने दुई खेल हारेको छ। आजको खेल जितेमा नेपालको अर्को चरण अर्थात ‘सुपर–६’ मा पुग्ने सम्भावना जीवितै रहनेछ।