शिकार खेल्न गएका दुईजना बन्दुकसहित पक्राउ
मोरङको कानेपोखरी गाउँपालिका ७ स्थित जनजागृति सामुदायिक वनमा शिकार खेल्न गएका दुई व्यक्ति बन्दुकसहित पक्राउ परेका छन् ।
शुक्रबार साँंझ वन पसेका दुईजना दुई थान भरुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गस्तीले कानेपोखरी ५ जहदाका धनकेशर राई (२६) र उर्लाबारी नगरपालिका ४ का शम्भु गहतराज (४४) लाई नियन्त्रणमाा लिएको हो ।
प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृति वन उपभोक्ता समितिका प्रतिनिधिहरूको संयुक्त गस्तीले वनमा भेटिएका राई र गहतराजलाई चेकजाँच गर्ने क्रममा लोड गरेर राखेका बन्दुक फेला पारेको थियो ।
हतियार सहित पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । इप्रका पथरीका नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले उनीहरू पेशेबर शिकारी हुन सक्ने बताए ।