नेपाललाई पाँचौं सफलता, ललितले लिए विकेट
आईसीसी विश्वकप छनोट अन्तर्गत वेस्ट इन्डिज विरुद्धको खेलमा नेपाललाई पाँचौं सफलता मिलेको छ।
जिम्बावेको हरारे रङ्गशालामा भइरहेको खेलमा नेपालका लागि ललित राजवंशीले पाँचौं विकेट लिएका हुन्। उनले रोवमन पावेललाई २९ रनमा आउट गरेका छन्।
यसअघि नेपालका लागि करण केसी, गुल्सन झा, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिएका थिए।
४८ ओभरको खेल सकिंदा वेस्ट इन्डिजले ३१८ रन जोडेको छ।