नेपालले लियो तेस्रो विकेट
आईसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत वेस्ट इन्डिजसँगको खेलमा नेपालले तेस्रो विकेट लिएको छ।
नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन्। उनले ब्रान्डन किङलाई ३२ रनमा आउट गरेका छन्।
यसअघि नेपालका लागि करण केसी र गुल्सन झाले विकेट लिएका थिए। नेपाली बलरले वेस्ट इन्डिजका ब्याटरलाई दबाबमा राखेका छन्।
टस हारेर ब्याटिङ गरिरहेको वेस्ट इन्डिज १५.३ ओभरमा तीन विकेट गुमाएर ५५ रन बनाएको छ।
करणले केन मेयर्सलाई एक रनमा र गुल्सनले जोनसन चाल्र्सलाई शून्यमा आउट गरेका थिए।