करण र गुल्सनले लिए विकेट
पाँचौं ओभरको खेल चलिरहेको छ भने वेस्ट इन्डिजले नौ रन मात्र बनाएको छ।
जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज भिड्दै छन्। केही बेरअघि शुरू भएको खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो।
खेलको दोस्रो ओभर (एक ओभर तीन बल)मै वेस्ट इन्डिजले भने विकेट गुमाएको छ। नेपालका तीव्र गतिका बलर करण केसीले वेस्ट इन्डिजका ओपनर कायल मायर्सको विकेट लिएका हुन्। मायर्सले चार बलमा एक रन बनाएका थिए।
यस्तै, पाँचौं ओभरको पहिलो बलमा गुल्सन झाले पनि विकेट लिए। उनले जनसन चार्ल्सको विकेट लिएका हुन्। चार्ल्स ६ बल खेलेर शून्य रनमा आउट भएका हुन्।
समाचार तयार पार्दासम्म पाँचौं ओभरको खेल चलिरहेको छ भने वेस्ट इन्डिजले नौ रन मात्र बनाएको छ। हाल वेस्ट इन्डिजको रन रेट पनि २.१६ मात्र छ।