हवाई भाडा घट्यो, कुन रूटमा कति?
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएकाले भाडा पनि घटाइएको प्राधिकरणले जनाएको छ। बुधबारदेखि लागू हुने गरी हवाई भाडा घटाइएको हो।
प्राधिकरणले ९० रुपैयाँदेखि ४४५ रुपैयाँसम्म भाडा घटाएको छ। सबैभन्दा कम काठमाडौंबाट सिमराको ९० रुपैयाँ र सबैभन्दा टाढा काठमाडौंबाट धनगढीको ४४५ रुपैयाँ भाडा घटेको छ।
कुन रूटमा कति भाडा?