काठमाडौंमा प्लास्टिकका फूलका गुच्छा बेच्न नपाइने
काठमाडौं महानगरपालिकामा प्लास्टिकका फूलका गुच्छा बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लाग्ने भएको छ।
महानगरपालिकाका मेयर बालेन्द्र साहले बुधबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। आगामी साउन १ गतेदेखि प्लास्टिकका फूलगुच्छा र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोलामा रोक लगाइने मेयर साहले बताए।
उनले भने, “प्लास्टिकको फूलका गुच्छा बिक्रीवितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइनेछ।”
मेयर साहले काठमाडौं महानगरको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।