त्रिभुवन विमानस्थलमा नेवारी भाषामा सूचना प्रवाह गरिने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमानमा नेपालभाषामा पनि सूचना प्रवाह हुने भएको छ।
काठमाडौं महानगरपालिकाले यात्रुको सुविधाका लागि भन्दै स्थानीय भाषामा सूचना प्रवाह गर्न लागेको काठमाडौंका मेयर बालेन्द्र साहले बताए।
बुधबार महानगरको वार्षिक नीति प्रस्तुत गर्दै मेयर साहले भने, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने हवाई जहाजमा यात्रुको सुविधाका लागि स्थानीय नेपालभाषामा प्रवाह गर्न प्रबन्ध गरिनेछ।”
काठमाडौंमा अवतरण हुने विमानमा अंग्रेजी र नेपाली भाषामा सूचना प्रवाह हुँदै आएकोमा नेवारीमा पनि गर्न लागिएको महानगरले जनाएको छ।