अन्तर्राष्ट्रिय योग दिवसमा योगाभ्यास गर्दै नेपाल प्रहरी
योग शारीरिक तथा मानसिक स्वास्थ्यका लागि लाभदायी मानिन्छ।
आज अन्तर्राष्ट्रिय योग दिवस रहेको छ। नेपाल पुलिस एकेडेमी महाराजगन्जमा प्रहरी अधिकारीहरूले योगाभ्यास गर्दै अन्तर्राष्ट्रिय योग दिवस मनाएका छन्।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ यता हरेक वर्ष जून २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको छ। नेपालमा भने २०३६ माघ १ गतेदेखि नै सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो।
योग शारीरिक तथा मानसिक स्वास्थ्यका लागि लाभदायी मानिन्छ।