नेपाललाई अमेरिकाले दियो २०८ रनको विजयी लक्ष्य
आईसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गतको आफ्नो दोस्रो खेलमा अमेरिकाले नेपाललाई २०८ रनको विजयी लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन जोडेको हो। अमेरिकाका लागि शायन जहाँगिरले शतकीय योगदान दिए। ७९ बलमा १०० रन पार गरेका उनी अविजित रहे।
तीव्र गतिका बलर करण केसीले सर्वाधिक चार विकेट लिए। गुलशन झाले तीन, दीपेन्द्रसिंह ऐरीले दुई र र ललित राजवंशीले एक विकेट लिए।
पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग पराजित भएको थियो।