दार्चुलाको खाणेश्वरी केन्द्रबिन्दु भएर गयो भूकम्प
यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको थियो।
दार्चुलाको खाणेश्वरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५५ मिनेट जाँदा ४.४ रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालका पूर्वी, पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ।
नेपालका हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।