विश्वकप छनोटमा नेपालले तेस्रो विकेट गुमायो
आईसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ।
जिम्बावेको हरारे रङ्गशाला घरेलु टोली विरुद्धको खेलमा रोहित पौडेल ३१ रन बनाएर आउट भएका छन्। उनले २९ बलमा पाँच चौका प्रहार गरे।
यसअघि नेपालका लागि प्रारम्भिक ब्याटर कुशल भुर्तेलले ९९ र आसिफ शेखले ६६ रन बनाए। कुशलले ९५ बलमा १३ चौका र दुई छक्का प्रहार गरे।
तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले ७७ रनको साझेदारी गरे। अहिले कुशल ३५ रन बनाएर क्रिजमा छन्।
नेपालले ४३ ओभरमा तीन विकेट गुमाएर २४७ रन बनाएको छ।