नेपाललाई पहिलो झट्का, कुशल भुर्तेल ९९ रनमा आउट
आईसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत जिम्बावे विरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।
जिम्बावेको हरारे रङ्गशालामा आइतबार घरेलु टोली विरुद्धको खेलमा कुशल भुर्तेल ९९ रनमा आउट भए। उनले १३ चौका र दुई छक्का प्रहार गरे।
त्यस्तै, नेपालका लागि प्रारम्भिक ब्याटर आसिफ शेखले पनि अर्धशतक बनाएका छन्। उनी ६५ रन बनाएर खेलिरहेका छन्।
नेपालले ३१.५ ओभरमा १७१ रन बनाएको छ। यो नेपालका लागि कीर्तिमानी साझेदारी हो। यसअघि कुशल र रोहित पौडेलले नामिबिया विरुद्ध १३३ रनको साझेदारी गरेका थिए।