राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।
मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल असार २ गते बिहान महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए। सन्टरमा उनको उपचार चलिरहेको कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले जनाएका छन्।
राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आइतबार प्रेस विज्ञप्ति जारी गरी मुटुको चाल निगरानी भइरहेको कार्यकारी निर्देशक प्रा.डा. गजुरेलले जनाएका छन्। अस्पतालले भनेको छ, ‘राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जानकारी गराइन्छ।”
राष्ट्रपति पौडेल यसअघि जेठ ३० गते गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए। एक दिन उपचारपछि जेठ ३१ गते डिस्चार्ज भएका थिए।
त्यसअघि पनि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत गएका थिए। भारतबाट फर्केको केही दिनमै फेरि अस्वस्थ भएका हुन्।