राष्ट्रपति पौडेल अस्पताल भर्ना, मुटुमा समस्या
राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
राष्ट्रपति पौडेललाई काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो। गएरातिदेखि नै स्वास्थ्यमा समस्या आएपछि आज बिहानै अस्पताल भर्ना गरिएको जनाइएको छ।
मुटुको चाल मनिटरिङ गर्न आवश्यक भएकाले आज बिहान सबेरै भर्ना गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले जनाएका छन्। राष्ट्रपतिको उपचार चलिरहेको र स्वास्थ्य अवस्था स्थिर रहेको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिएका छन्।
यसअघि जेठ ३० मा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार भएको थियो। त्यति वेला पनि मुटुमा समस्या देखिएपछि गंगालालमा भर्ना गरिएको थियो। उपचारपछि जेठ ३१ मा डिस्चार्ज भएका थिए।