वर्षाले खेल अवरुद्ध हुँदा नेपाल इमर्जिङ कपबाट बाहिरियो
वर्षाका कारण खेल अवरुद्ध हुँदा नेपाल एसीसी महिला इमर्जिङ कपबाट बाहिरिएको छ।
हङकङमा जारी प्रतियोगिता अन्तर्गत शनिबारको नेपाल र हङकङको खेल वर्षाले अवरुद्ध बनेको छ। वर्षाले खेल अवरुद्ध भएसँगै दुवै टोलीले एक-एक अङ्क बाडेका छन्।
यससँगै नेपाल र हडकडको समाना दुई अङ्क भएको छ। नेपाल रहेको समूह ‘ए’ मा रहेका भारत र पाकिस्तान एक खेल बाँकी छँदै सेमिफाइनलमा प्रवेश गरेका छन्।
समान तीन अङ्क भए पनि रनरेटका आधारमा भारत शीर्षस्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ। भारत र पाकिस्तानबीच आजै अन्तिम खेल हुनेछ।
यसअघि पनि भारतसँगको नेपालको खेल वर्षाले अवरुद्ध भएको थियो। नेपाल पहिलो खेलमा पाकिस्तानसँग नौ रनले पराजित भएको थियो।
त्यस्तै, समूह बीका खेल पनि वर्षाले अवरुद्ध भएका छन्। समूह ‘बी’ बाट बाङ्लादेश र श्रीलंका सेमिफाइनलमा प्रवेश गरेका छन्।