मधेश सरकारको बजेट ४४ अर्ब ११ करोड
मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४४ अर्बको बजेट ल्याएको छ।
अर्थमन्त्री सञ्जयकुमार यादवले शुक्रबार मधेश प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन्। मन्त्री यादवले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्।
जसमध्ये चालूतर्फ १८ अर्ब २१ करोड ७६ लाख १४ हजार रुपैयाँ अर्थात् ४१.३० प्रतिशत र पूँजीगततर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार रुपैयाँ अर्थात् ५८.२५ प्रतिशत बजेट विनियोजन गरिएको छ। यस्तै, वित्तीय व्यवस्थापनतर्फ २० करोड अर्थात् ०.४५ प्रतिशत बजेट विनियोजन गरिएको छ।
मधेश सरकारले पनि चालू आर्थिक वर्षको भन्दा सानो बजेट ल्याएको छ। यो चालू आर्थिक वर्षभन्दा करीब दुई अर्ब रुपैयाँ कमको बजेट हो।