गण्डकीले ल्यायो ३३ अर्ब ४२ करोडको बजेट (पूर्ण पाठ)
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक गरेको छ।
अर्थमन्त्री जितप्रकाश आलेले आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गरेका छन्। सरकारले चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात् ३८.१ प्रतिशत विनियोजन गरेको छ।
त्यस्तै, पुँजिगततर्फ २० अर्ब १९ करोड चार लाख ६२ हजार अर्थात् ६०.४ प्रतिशत विनियोजन गरेको छ। वित्तिय व्यवस्थातर्फ ५० करोड अर्थात् तर्फ १.५ प्रतिशत रकम विनियोजन गरिएको छ।
आगामी वर्ष १.५ प्रतिशत प्रदेश सञ्चिती कोषमाथि व्ययभार पर्ने अनुमान अर्थमन्त्री आलेले गरेको छन्। अघिल्लो आर्थिक वर्ष ३५ अर्बको बजेट सार्वजनिक भएकोमा यस वर्ष डेढ अर्ब कमको बजेट सार्वजनिक गरिएको हो।
आगामी आर्थिक वर्षका लागि खर्च बेहोर्न नेपाल सरकारबाट प्रदेशलाई वित्तीय समान्यीकरण अनुदानबाट सात अर्ब ६२ करोड २५ लाख, राजश्व बाँडफाँडबाट नौ अर्ब पाँच करोड ३२ लाख, रोयल्टीमार्फत ४० करोड आठ लाख १६ हजार, सर्शत अनुदानतर्फ चार अर्ब ९४ करोड १५ लाख, समपुरक अनुदान ८४ करोड, विशेष अनुदान ७० करोड प्राप्त हुने अनुमान गरिएको छ।
प्रदेशले आन्तरिक राजश्वबाट पाँच अर्ब १६ करोड ९१ लाख ८४ हजार रहने अनुमान छ। चालु आर्थिक वर्षको कार्यान्वयनको बजेटबाट गण्डकी प्रदेशले तीन अर्ब मौज्दात बचत हुने अनुमान छ।
प्रदेश सरकारले ल्याएको एक अर्ब ७० करोडको घाटाको बजेट हो। आन्तरिक ऋणबाट पूर्ति हुने अनुमान गरिएको छ।
मन्त्री आलेले यस आर्थिक वर्षमा सरकारले राजश्व संकलन, राजश्व चुहावट नियन्त्रण गर्नेमा जोड दिने बताएका छन्।