कार्की प्रधानन्यायाधीश नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन्।
राष्ट्रपतिले असार १ मा न्यायाधीश कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गरेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए। उनका अनुसार शपथ केही बेरमा हुनेछ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भए लगत्तै उनी प्रधानन्यायाधीश नियुक्त भएका हुन्। संसदीय सुनुवाइ समितिको शुक्रबार बिहान बसेको बैठकले उनको नाम अनुमोदन गरेको थियो।
उनी आठ महीनाअघि कायमुकायम प्रधानन्यायाधीश भएका थिए। २०७३ साउन १७ गते सर्वोच्चको न्यायाधीश बनेका कार्की आउँदो साउनमा अवकास पाउनेछन्।