प्रम दाहाल विरुद्धको आदेशमा के छ?
प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतलाई प्रतिवादी बनाएर दायर रिटमा १५ दिनभित्र कारण देखाउ आदेश जारी गरिएको छ।
पूर्व बालसेनाको तर्फबाट लेनिन विष्टले दर्ता गरेको रिटमा सुनुवाइ गर्दै ३० जेठमा सर्वोच्च अदालतले अग्राधिकार सहित कारण देखाउ आदेश जारी गरेको हो। न्यायाधीश सपना प्रधान मल्लको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश भने दिएन।
“तर निवेदकले उठाएको विषय नाबालक भनी माओवादीको क्यान्टोनमेन्टमा बहिर्गमित बालसैन्यको पहिचान र उनीहरूको परिपूरण तथा न्यायको अधिकारसँग समेत जोडिएको विषय हुँदा प्रस्तुत रिट निवेदन चाँडो निर्णय हुनुपर्ने प्रकृतिको देखिएको हुँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ बमोजिम अग्राधिकार प्रदान गरिएको छ,” आदेशमा भनिएको छ।